चौबिस घण्टामा थप १८१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, ४ पुष । पछिल्लो चौबिस घण्टामा देशभर १८१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २८९ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ४ हजार ८३१ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १३३ र ५ हजार ४१ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ४८ जनाको गरी कुल ९ हजार ८७२ परीक्षण गर्दा २७४ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६४, भक्तपुरमा ६ र ललितपुरमा १३ जना गरी उपत्यकामा ८३जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेका छन् । आइसीयूमा १ सय जना भेन्टीलेटरमा २६ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *