फार्मासिस्टको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, ४ मंसिर । नेपाल फार्मेसी परिषदको शनिबार सम्पन्न नाम दर्ता (लाइसेन्स) नतिजा प्रकाशित भएको छ ।

शनिबार नै प्रकाशित नतिजा अनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत उत्तिर्ण र व्याचलर इन फार्मेसीमा २० प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषदका रजिष्टार सञ्जीवकुमार पाण्डेका अनुसार डिप्लोमा इन फार्मेसीमा ११३५ जनाले फारम भरेका थिए ।  व्याचलर इन फार्मेसीमा ५७६ जना सहभागी भएका थिए ।

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा एक जनाको नतिजा रोकिएको छ । ती परीक्षार्थीले परीक्षाको मर्यादा विपरित गतिविधि गरेको आरोप लागेको छ ।

परिषदले लिएको यो १८ औँ नाम दर्ता परीक्षा हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *