फार्मासिस्टको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

404
Shares

काठमाडौँ, ४ मंसिर । नेपाल फार्मेसी परिषदको शनिबार सम्पन्न नाम दर्ता (लाइसेन्स) नतिजा प्रकाशित भएको छ ।

शनिबार नै प्रकाशित नतिजा अनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत उत्तिर्ण र व्याचलर इन फार्मेसीमा २० प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषदका रजिष्टार सञ्जीवकुमार पाण्डेका अनुसार डिप्लोमा इन फार्मेसीमा ११३५ जनाले फारम भरेका थिए ।  व्याचलर इन फार्मेसीमा ५७६ जना सहभागी भएका थिए ।

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा एक जनाको नतिजा रोकिएको छ । ती परीक्षार्थीले परीक्षाको मर्यादा विपरित गतिविधि गरेको आरोप लागेको छ ।

परिषदले लिएको यो १८ औँ नाम दर्ता परीक्षा हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *