चिकित्सक लाइसेन्स परीक्षामा अब प्रयोगात्मक अभ्यास पनि

काठमाडौँ, २ पुस । एमबीबीएस तथा बीडीएस पास गरी लाइसेन्स परीक्षामा सहभागी हुँदा अब लिखितमा मात्रै उत्तिर्ण भएर दर्तावाल चिकित्सक बनिने छैन् । किनभने नेपाल मेडिकल काउन्सिलले अब देखि लिखित परीक्षा पास गरेकाहरुलाई प्रयोगात्मक परीक्षा पनि लिनेछ । दर्तावाल चिकित्सक वा लाइसेन्स प्राप्त चिकित्सक बन्नका लागि अव देखि यी दुबै परीक्षा उत्तीर्ण हुनुपर्नेछ ।

काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारी यो नयाँ व्यवस्था अबको चार महिना पछि हुने यसवर्षको अन्तिम परीक्षाका बेला देखि कार्यान्वयनमा आउने बताउँछन् । उनले भने, ‘हामीले यसपटककै अर्थात अबको दुई साता पछि हुने परीक्षाबाट नै सो व्यवस्था गर्न खोजेका हौँ तर केही काम बाँकी रहयो भ्याइएन । तर अव चार महिना पछि लाइसेन्स परीक्षा दिनेहरुले लिखित पास भएपछि प्रयोगात्मक परीक्षा पनि दिनु पर्नेछ ।’

उनका अनुसार एमबीबीएसको लाइसेन्स परीक्षामा सहभागीले सुरुमा लिखित परीक्षा दिने र त्यसमा उत्तीर्ण भएकाले पुन प्रयोगात्मक अभ्यास ९स्कील टेष्ट० गर्नुपर्ने हुन्छ ।

‘काउन्सिलको ऐनमै चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा लिखित, मौखिक र प्रयोगात्मक हुन सक्छ भन्ने व्यवस्था छ । अहिले हामीले सोही व्यवस्थाको कार्यान्वयन गर्न खोजिएको हो,’ उनले भने ।

काउन्सिलको शिक्षा समितिले प्रयोगात्मक अभ्यासका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा गएर उपयुक्त छ कि छैन भनेर निरीक्षण समेत गरिसकेको छ ।

डा अधिकारीका अनुसार प्रयोगात्मक अभ्यासका लागि ५० देखि ६० वटा विषयमा राखिनेछ । त्यसमध्ये विद्यार्थीले १० वटा विषयमा प्रयोगात्मक अभ्यास गर्नुपर्छ । ‘यसका लागि हाम्रो बोर्डले निर्णय गरिसकेको छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *