आर्थिक वर्ष २०८२/०८३ को बजेट : स्वास्थ्यमा के के परे ? (अपडेट सहित)

काठमाडौँ, १५ जेठ । उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गर्न थालेका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा केही वेर अघि बाट बजेट प्रस्तुत गर्न थालेका हुन् ।

यसपटक स्वास्थ्य बजेटमा के के पर्‍यो ?

  • अपांगता भएका विद्यार्थीका लागि छात्राबासको व्यवस्था गरिनेछ ।
  • स्वास्थ्य बीमाका लागि १० अर्व बिनियोजन, भुक्तानी बाँकी भएका हरुका लागि यसै आर्थिक वर्षमा तेस्रो पक्षबाट परीक्षण गराई फरफारक गर्ने ।
  • सिंहदरबार वैद्यखानाको क्षमता अभिबृद्धि गरिनेछ ।
  • सातै प्रदेशमा मुटु, क्यान्सर र जलन उपचारका लागि एक—एक डेडिकेटेड अस्पताल छुट्याउने ।
  •  स्वास्थ्यको आपतकालीन तयारीका लागि आवश्यक बजेट  विनियोजन गरिएको छ ।
  •  सरुवा रोग तथा सिकलसेल एनिमियाको उपचारका लागि नवीनतम प्रविधी अपनाइने छ ।
  •  सबै अस्पतालमा जलन उपचार कक्ष बनाइने छ ।
  •  निर्माणाधीनको आधारभूत अस्पतालको पूर्वाधार निर्माण सम्पन्न र सञ्चालनका लागि ११ अर्ब  बजेट विनियोजन गरिएको छ ।
  • काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थ, कीर्तिपुर अस्पताल, तिलगंगा आँखा अस्पतालको पूर्वाधार विकास लागि अनुदान उपलब्ध गराइने छ ।
  •  स्वास्थ्य सेवामा सबैको पहुँचको टेलिमेडिसिन र डिजिल हेल्थ सेवा प्रभावकारी बनाईने छ ।
  • वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदानका लागि पूर्वाधार र सेवा विस्तार गरिने  छ ।
  • कान्ति बाल बालबालिका उपचारको सेन्टर अफ एक्सीलेन्सका रुपमा विकास गरिने छ ।
  • पाठेघरको निःशुल्क उपचार, एचपीभी परीक्षण, आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन, विपन्न नागरिकलाई निःशुल्क उपचारलाई निरन्तरता छ ।
  • १४ वर्षमुनिका बालबालिकाको क्यान्सर निःशुल्क उपचार गरिने  छ ।
  • अटिजम र वौद्धिक अपांगता भएका बालबालिको पहिचान, उपचार प्रारम्भ गरिने छ ।
  • मनो सामाजिक परामर्श कार्यक्रम चलाइने र मानसिक अस्पतालको क्षमताको विकास गरिने छ ।
  • राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने छ ।
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको बनाइने छ ।
  • आयुर्वेद र वैकल्पिक उपचार पद्धति प्रवद्र्धन गरिने छ ।
  • पञ्चकर्म सेन्टरलाई सञ्चालनमा ल्याइने छ ।
  • राष्ट्रिय जनसंख्या नीति कार्यन्वयन गरिने छ ।
  • सबै प्रकारका औषधिको परीक्षणका लागि औषधि प्रयोगशालाको क्षमता विस्तार गरिनेछ ।
  • अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्नका लागि प्रोत्साहन गरिनेछ ।
  • श्रवण शक्ति कमजोर भएका व्यक्तिका लागि आवश्यक पर्ने श्रवण यन्त्रमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको छु ।

हेर्नुहोस् अपडेट………

अघिल्लो वर्षको बजेटमा के के थियो हेर्नुहोस्……………..

आर्थिक बर्ष २०८१/०८२ को बजेटमा स्वास्थ्यको विषय के-के पर्‍यो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *