यस वर्षको ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ सम्पादक रामप्रसाद न्यौपाने सहित सात जनालाई

1.0k
Shares

 

काठमाडौँ, १७ जेठ । नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने सहित सात जनालाई यस वर्षको ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान गरिएको छ ।

विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार टेकुमा आयोजना गरेको विशेष समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी लगायतले  न्यौपाने सहित सात जनालाई पुरस्कार प्रदान गरेका हुन् ।

त्यसरी पुरस्कार पाउनेहरुमा डा तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभि अनलाइन), बुद्धि कटेल (मेडिकल पत्र), पुष्प राज चौलागाई (अनलाइन खबर), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देव रहेका छन् ।

 

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रि बितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।

यो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *