स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगिता मिश्रा

काठमाडौँ, २९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगिता मिश्राले पाएकी छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी डा मिश्रालाई दिने निर्णय गरेका हुन् ।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सम्हालेका थिए ।

डा पौडेलले प्रवक्ताको रुपमा आज अन्तिमपटक कोरोना ब्रिफिङ गरी जिम्मेवारी हस्तान्तरण गरेको बताएका छन् ।

स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले मन्त्रालयको समन्वय महाशाखाको प्रमुख नै प्रवक्ता हुने चलन अनुरुप डा मिश्रालाई सो जिम्मेवारी दिइएको बताए ।

यसअघि प्रसुतिगृह अस्पतालका निर्देशक रहेकी डा मिश्रालाई गत १२ मंसिरमा सरुवा गरी मन्त्रालयको समन्वय महाशाखामा ल्याइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *