चौबिस घण्टामा थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

96
Shares

काठमाडौँ, २८ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २६४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३६२ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ९ हजार ३९२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २२९ र ४ हजार ३१७ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३५ जनाको गरी कुल १३ हजार ७०९ परीक्षण गर्दा ३४१ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १०९ , भक्तपुरमा ८ र ललितपुरमा ३० जना गरी उपत्यकामा १४७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेका छन् । आइसीयूमा १२० जना भेन्टीलेटरमा २७ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *