चौबिस घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, २७ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ३४१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३७६ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार १० हजार ४१६ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ३१३ र २ हजार ८२० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २८ जनाको गरी कुल १३ हजार २३६ परीक्षण गर्दा ३४१ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११२ , भक्तपुरमा २५ र ललितपुरमा ३५ जना गरी उपत्यकामा १७२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेका छन् । आइसीयूमा १२६ जना भेन्टीलेटरमा ३३ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *