चौबिस घण्टामा थप २५४ जनामा कोरोना संक्रमण, २३४ जना संक्रमणमुक्त

काठमाडौँ, २६ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २५४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २३४ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार २६८ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४२ र २ हजार ४१४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १२ जनाको गरी कुल ८ हजार ६८२ परीक्षण गर्दा २५४ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११९ , भक्तपुरमा ५ र ललितपुरमा ३० जना गरी उपत्यकामा १५४ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेका छन् । आइसीयूमा ११८ जना भेन्टीलेटरमा ३४ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *