आइपुग्यो १९ लाख ६५ हजार डोज मोडर्ना खोप

  • खोप पुस ४ गतेदेखि १२ देखि १७ वर्षका बालबालिकालाई लगाइँदै
  • - नेपाली हेल्थ

    काठमाडौँ, २६  मंसिर । कोभिडविरुद्धको अमेरिकी खोप मोडर्नाको १९ लाख ६५ हजार ६०० डोज नेपाल आइपुगेको छ ।  कोभ्याक्स सुविधा अन्तरगत तेस्रो खेपमा यो परिमाणको खोप आज काठमाडौँ आइपुगेको हो ।

    यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गत शुक्रबार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ ।

    यो खोप सरकारले उक्त खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुस देखि लगाउने योजना बनाएको छ । यसअघि फाइजर खोप सञ्चालन गरेका १९ जिल्ला छाडेर बाँकी ५८ जिल्लामा मोडर्ना खोप दिने योजना रहेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताए ।

    मोडर्ना खोप लगाउनका लागि विद्यालयमा खोप केन्द्र तोकिएको समेत उनले जानकारी दिए ।


    Facebook Comment


    थप समाचार