दुई साता पछि ६ लाख डोज फाइजर खोप आउँदै

फाइल फोटो

काठमाडौँ, २४ मंसिर । कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको सरकारले दुई साता पछि थप ६ लाख २० हजार डोज फाइजर खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्स सुविधा अन्तगर्त आगामी ९ पुसमा ६ लाख २० हजार डोज फाइजर खोप आउने भएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले कोभ्याक्स सुविधा अन्तगर्त २४ डिसेम्बरका दिन फाइजरको दोस्रो खेप आउने तय भएको बताए । यसअघि कोभ्याक्सले १ लाख ६२० डोज फाइजर खोप ८ कात्तिकमा नेपाल पठाएको थियो ।

सो खोप १२ वर्ष माथिका दीर्घ रोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई दिइएको थियो । अब आउने खोपहरु त्यहि जिल्लाका खोप पाउन बाँकी बालबालिकाहरुलाई दिइने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले आगामी ४ पुस देखि ५८ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप दिने तय गरिसकेको छ । यसैका लागि आइतबारसम्म करीव ३४ लाख डोज खोप भित्रदैछ ।

फाइजर र मोडर्ना दुबै अमेरिकी कम्पनीले उत्पादन खोपहरु हुन् । यी खोपहरु अति क्रम तापक्रममा भण्डारण गर्नुपर्ने खोपहरु हुन् ।

चौरसियाले भण्डारको क्षमता हेरेर फाइजर र मोडर्नाका खरीद गरिएका थप खोपहरु ल्याउने योजना रहेको सुनाए ।

अहिलेसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जानसन, एस्ट्राजेनेका र फाइजर खोप लगाइसकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *