विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा १४ र १५ माघमा हुँदै

616
Shares

काठमाडौँ, २४ मंसिर । नेपाल मेडिकल काउन्सिलले आगामी १४ र १५ माघका दिन विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा (स्पेशल एक्जामिनेसन) लिने भएको छ ।

काउन्सिलले सो परीक्षामा सहभागी हुन चाहनेका लागि आगामी आइतबार देखि एक महिनासम्म अनलाइन फारम खुल्ने र सो फारम भर्न सूचना जारी गरेको छ ।

‘आगामी २६ मंसिर देखि २६ पुससम्म नियमित रुपमा फारम भर्न सकिन्छ । २७ र २८ पुसमा विलम्ब शुल्क तिरेर फारम भर्न सकिन्छ । सो फारम भरेपछि परीक्षामा सहभागिता जनाउन सकिन्छ,’ सूचनामा भनिएको छ ।

परीक्षा इन्जिनियरिङ अध्यय्न संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *