स्वास्थ्यका ६ जना एघारौँ तहमा बढुवा

काठमाडौँ, २१ मंसिर । लोक सेवा आयोगले लिखित तथा अन्तरवार्ता पास गरेका ६ जना स्वास्थ्यकर्मीहरुलाई एघारौँ तहमा बढुवाका लागि शिफारिस गरेको छ । आयोगले स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको विभिन्न पदका लागि खुलाएको विज्ञापनमा प्रतिस्पर्धामा गरी छनौट भएका छ जनालाई बढुवाको लागि सिफारिस गरेको हो ।

त्यसरी बढुवा हुनेमा प्रमुख जनस्वास्थ्य प्रशासक पद एघारौँ तहमामा यशोधा अर्याल (आप्र), प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्ट एघारौँ तहमा ज्योति आचार्य (आप्र) र प्रमुख अस्पताल नर्सिङ प्रशासक पद एघारोँ तहमा संगिता श्रेष्ठ (खुल्ला)बाट रहेका छन् ।

यस्तै प्रमुख कन्सलटेन्ट प्याथोलोजिष्ट पद एघारौँ तहमा बन्दना जोशी (आज), प्रमुख मेडिकल सुपरीटेन्डन्ट पद एघारौँ तहमा डा विष्णु गौतम (खुल्ला) र प्रमुख मेडिकल सुपरीटेन्डन्ट पद एघारोँ तहमा डा प्रबोध रेग्मी रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *