चौबिस घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण, ३०४ जना संक्रमणमुक्त

काठमाडौँ, २१ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ३१५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३०४ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ९ हजार ३८६ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २७२ र २ हजार ४२४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ४३ जनाको गरी कुल ११ हजार ८१० परीक्षण गर्दा ३१५ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८२, भक्तपुरमा ९ र ललितपुरमा ३१ जना गरी उपत्यकामा १२२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेका छन् । आइसीयूमा १२३ जना भेन्टीलेटरमा २३ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *