कोभिडविरुद्धको खोप लगाउन पर्‍यो ? टेकु अस्पताल जानुहोस्

काठमाडौँ, २० मंसिर । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडविरुद्धको खोप सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाको मौखिक निर्देशन पछि टेकु अस्पतालले आइतबारबाट यो सेवा प्रारम्भ गरेको हो ।

अस्पतालका इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले सर्वसाधारणका लागि हरेक दिन विहान ८ देखि अपरान्ह ४ बजेसम्म कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाइएको बताए ।

उनले भने, ‘हिजोबाट हामीकहाँ एस्ट्राजेनेका र भेरोसेल खोप चलिरहेको छ । यी दुबै खोप १८ बर्ष माथिका उमेर समूहले लगाउन मिल्छ । तसर्थ सो उमेर समूहका व्यक्तिले पहिलो वा दोस्रो डोज खोप लगाउन परेमा तोकिएको समय भित्र परिचय पत्रका साथ आउनुहोला । खोप पाउनुहुनेछ ।’

सरकारले आगामी चैतसम्म लक्षित सबै नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाउने घोषणा गरेको छ । पछिल्लो समय विभिन्न मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट देखा पर्न थालेपछि खोपलाई थप तिब्रता दिन थालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *