चौबिस घण्टामा थप २६८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु


काठमाडौँ, १८ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २६८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३९२ जना संक्रमणमुक्त भएका छन् । आज थप ५ जना संक्रमितको मृत्यु भएको छ । हिजो भने मृतकको संख्या शून्य रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ५ हजार २९५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २२० र १ हजार ५०२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १८ जनाको गरी कुल ६ हजार ७९७ परीक्षण गर्दा २६८ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९७, भक्तपुरमा १० र ललितपुरमा ५१ जना गरी उपत्यकामा १५८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेका छन् । आइसीयूमा १०६ जना भेन्टीलेटरमा ३२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप १ लाख ३० हजार ६८८ जनाले कोरोनाबिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *