इजिप्टले सरकारलाई उपलव्ध गराएको छात्रबृत्तिमा किन कोही परेनन् ?

काठमाडौँ, १८ मंसिर ।  इजिप्ट सरकारले नेपाललाई उपलव्ध गराएको स्नातक तथा स्नातकोत्तर तहको ११ वटा छात्रबृत्ति कोटामा पछिल्लो दुई वर्ष देखि कोही विद्यार्थी परेका छैनन् ।

छात्रबृत्तिको व्यवस्थापन मिलाउने शिक्षा मन्त्रालयले केही महिना अघि इजिप्टमा सशुल्क पढ्न जान सक्ने विषयमा सूचना जारी गरे पनि निशुल्क छात्रबृत्तिबारे केही बोलेको छैन् ।

प्राप्त छात्रबृत्तिमा मन्त्रालयले समन्वय नगर्दा २२ जना नेपाली विद्यार्थीले पाउने निशुल्क छात्रबृत्तिको सुविधा खेर गएको छ ।

इजिप्टले स्नातकोत्तरमा ६, स्नातक तहमा ३ र अरविक भाषामा २ वटा गरी प्रत्येक वर्ष ११ वटा छात्रबृत्ति नेपाल सरकारलाई उपलव्ध गराउँदै आएको छ । उसले अरविकको २ वटा बाहेक ६ वटा स्नातकोत्तर र ३ वटा स्नातक तहमा जुनसुकै विषयका विद्यार्थी पठाउन सक्ने गरी नेपाललाई स्वतन्त्र छाडिदिएको छ ।

नेप्लीज मेडिकल स्टुडेन्ट कायरो इजिप्टका अध्यक्ष सरोज श्रेष्ठले प्राप्त छात्रबृत्तिमा नेपालबाट विद्यार्थी नआउनु दुखको कुरा भएको बताए । उनले कोभिडको कारण बीचमा विद्यार्थी नआएको हुनसक्ने बताउँदै तर सशुल्कका लागि सूचना जारी गर्ने तर निशुल्क छात्रबृत्तिका लागि कुनै पहल नहुनु आश्चर्यको कुरा भएको बताए ।

इजिप्टले सन् २०१४ २०१५ देखि नेपाललाई छात्रबृत्ति दिन थालेको हो । हाल कायरो विश्वविद्यालयको फेकल्टी अफ मेडिसिनमा स्नातकोत्तर (एमडीएमएस)मा ९ जना, एमबीबीएस इन्र्टन १ जना, एमबीबीएस ६ जना, बीडीएसमा एक जना र कृषि संकायमा ३ जना अध्ययनरत छन् ।

यस्तै ऐनस्याम्स विश्वविद्यालयको फेकल्टी अफ मेडिसिनमा एमबीबीएस ३ गरी कुल २३ जना विद्यार्थी आंशिक छात्रबृत्तिमा अध्ययनरत छन् ।

विश्व बरियतामा २५० औँ स्थानमा रहेको फेकल्टी अफ मेडिसिन ऐन स्याम्स र सन् १९८९ मा स्थान भएको फेकल्टी अफ एग्रीकल्चरमा नेपाली विद्यार्थीहरुले अध्ययन गर्न पाउँदा खुशी देखिएको श्रेष्ठ बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *