सरकारले भन्यो, ‘जहाँ गएर पढाई सुरु गरेको हो त्यहिबाट पुरा गर्नुपर्छ’

काठमाडौँ, १७ मंसिर । विदेशका कलेजमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीहरुले अब अन्यत्रबाट पढाई पुरा गर्न नपाउने भएका छन् । सरकारले जहाँबाट पढाई सुरु भएको हो त्यहिबाट सक्नुपर्ने निर्णय गरेपछि उनीहरुले अन्यत्रबाट पढाई पुरा गर्न नपाउने भएका हुन् ।

सन् २०१६, ०१७, ०१८ र ०१९ मा विदेशका विभिन्न कलेजमा भर्ना भई एमबीबीएस पढाई सुरु गरेका नेपाली विद्यार्थीहरुले कोभिडको कारण देखाउँदै बाँकी पढाई नेपालबाट पुरा गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

शुक्रबार शिक्षा मन्त्री, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, निर्देशकहरु, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति तथा डिनहरु, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा रजिष्टार, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव तथा सहसचिवहरुको सर्वपक्षीय बैठकले विद्यार्थीहरुलाई सम्वन्धित विश्वविद्यालयमै उपस्थित भएर पढाई पुरा गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकले बरु विद्यार्थीहरुलाई ती देशमा फर्काउनका लागि सरकारका तर्फबाट कुटनीतिक पहल गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले शुक्रबार जारी गरेको विज्ञप्तीमा समस्याको सकारात्मक रुपमा निकास दिनका लागि आवश्यक सबैखालको पहल गर्ने समेत उल्लेख गरिएको छ ।

यसअघि सरकारले सन् २०१४ र २०१५ मा चीनमा अध्ययन पुरा गरी इन्टर्नशीप बाँकी भएका नेपाली विद्यार्थीहरुलाई नेपालका मेडिकल कलेजहरुमा इन्टर्नशीप गर्न पाउने व्यवस्था मिलाएको थियो ।

आफू भन्दा सिनियन दुई व्याँचले स्वदेशमै पढाई पुरा गर्न पाएपछि बाँकी ब्याचका विद्यार्थीले पनि त्यसैगरी स्वदेशमै बसी पढाई पुरा गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग गर्दै आएका थिए । उनीहरुले पछिल्लो समय नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र माइतीघरमा समेत प्रदर्शन गर्दै आइरहेका छन् ।

बैठकमा सहभागी सदस्यका अनुसार सन् २०१६ देखि सन् २०१९ सम्म चीनमा एमबीबीएस अध्ययन गर्न गई अहिले नेपालमा रहेका विद्यार्थीको संख्या ३ सय बढी देखिएको छ । उनी अगाडी थप्छन, ‘यो संख्या अहिले नेपालको तीनवटा मेडिकल कलेजको फुल सिट बराबर हो । त्यसैले पनि यहाँ पढाउन सकिदैन, बरु उतै फर्काउनका लागि राज्यका तर्फबाट आवश्यक सबै खाले प्रयास हुने भन्नेमै सबैको जोड छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *