चौबिस घण्टामा थप २४६ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

84
Shares

काठमाडौँ, १७ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २४६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४४७ जना संक्रमणमुक्त भएका छन् । आज मृतकको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ६ हजार ४ सय जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २२३ र १ हजार ४३६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २३ जनाको गरी कुल ७ हजार ८३६ परीक्षण गर्दा २४६ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५५, भक्तपुरमा ९ र ललितपुरमा २९ जना गरी उपत्यकामा ९३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी आज थप १ लाख ७५ हजार ५६७ जनाले कोरोनाबिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *