स्वास्थ्यको राष्ट्रिय समिक्षा गोष्ठी २१ देखि २३ मंसिरमा

काठमाडौँ, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी २१ देखि २३ मंसिरसम्म राष्ट्रिय समिक्षा गोष्ठ गर्ने भएको छ । प्रदेश स्तरीय समिक्षा गोष्ठी सकेपछि देशैभरको स्वास्थ्य सेवाको मूल्याङ्कन गर्न राष्ट्रिय समिक्षा गोष्ठी गर्न लागेको हो ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा तारानाथ पोखरेलले राष्ट्रिय समिक्षा गोष्ठी २१ मंसिर देखि सुरु भएर २३ मंसिरमा सकिने बताए । उनले २१ मंसिरमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा र २२ तथा २३ मंसिरका दिन भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको हलमा गोष्ठी आयोजना गर्न लागेको जानकारी दिए ।

समिक्षा गोष्ठीमा सातवटै प्रदेशका स्वास्थ्य सचिव सहित तीन जनाका दरले प्रतिनिधि, संघीय अस्पतालका प्रमुखहरु, निर्देशनालयका प्रमुखहरु, महाशाखा प्रमुखहरु, प्रतिष्ठानका प्रमुखहरु गरी करीव ३०० जना सहभागी हुने बताए । डा पोखरेलले गोष्ठीले स्वास्थ्य क्षेत्रका समस्या र चाल्नुपर्ने कदमको बारेमा समेत मार्गदर्शन गर्न सक्ने बताए ।

पहिलो दिन टेकुमा हुने कार्यक्रममा स्वास्थ्यका अधिकारीबाहेक दातृ निकायका प्रतिनिधिलाई समेत छलफलका लागि आमन्त्रण गरिएको छ । दोस्रो र तेस्रो दिनभने स्वास्थ्य संस्थाका प्रमुखहरुले तयार पारेको प्रतिवेदनहरु सुन्ने र छलफल गर्ने योजना रहेको डा पोखरेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *