वीर अस्पतालका ल्याव टेक्निसियन ८ वर्ष अघिदेखि लागू हुने गरी ‘बर्खास्त’ !

काठमाडौं, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालका एक जना ल्याव टेक्निसियनलाई सेवाबाट हटाएको छ । अधिकृत छैटौँ तहका ल्याव टेक्निसियन शोभाचन्द्र मिश्रलाई भविस्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिनेगरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार प्रकाशित सूचनामा स्वास्थ्य सेवा ऐनको दफा ७४ को उपदफा १ (ज) अनुसार विभागीय कारवाही गरिएको उल्लेख छ । सो दफामा विदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यलयमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सक्ने भन्ने प्रावधान रहेको छ ।

अझ गजबको कुरा त के भने, यो निर्णय २०७० माघ २६ गते देखि अर्थात करीव ८ बर्ष अघि देखि लागू हुने भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *