चौबिस घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ, १६ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ३१५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २०१ जना संक्रमणमुक्त भएका छन् । आज थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ९ हजार ५११ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २९८ र १ हजार ८९२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १७ जनाको गरी कुल ११ हजार ४०३ परीक्षण गर्दा ३१५ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ जना गरी उपत्यकामा १५६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *