चौबिस घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ, १६ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ३१५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २०१ जना संक्रमणमुक्त भएका छन् । आज थप ६ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ९ हजार ५११ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २९८ र १ हजार ८९२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १७ जनाको गरी कुल ११ हजार ४०३ परीक्षण गर्दा ३१५ जनाको पोजेटिभ आएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ जना गरी उपत्यकामा १५६ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




