आपूर्ति शाखा र फोहरमैला व्यवस्थापन शाखाका प्रमुखको जिम्मेवारी ‘साटफेर’

बायाँबाट क्रमश: सुरेन्द्र चौरसिया र उपेन्द्र ढुंगाना

काठमाडौँ, १५ मंसिर ।  स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति व्यवस्थापन शाखाको प्रमुख फेरिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार स्वास्थ्य सचिवस्तरीय निर्णय गर्दै शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाका स्वकीय सचिव मधु मिजारका अनुसार आपूर्ति व्यवस्थापन शाखा र व्यवस्थापन महाशाखा अन्तरगर्तकै वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखा प्रमुखको जिम्मेवारी हेरफेर भएको छ ।

मिजारका अनुसार आपूर्ति व्यवस्थापन शाखामा प्रमुख रहेका उपेन्द्र ढुंगानालाई वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखाको प्रमुख बनाएर पठाइएको छ । आपूर्ति व्यवस्थापनको प्रमुखमा भने वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखाको प्रमुख रहेका सुरेन्द्र चौरसियालाई ल्याइएको छ ।

त्यसो त मंगलबार नै स्वास्थ्यमन्त्री खतिवडाले व्यवस्थापन महाशाखाको निर्देशकमा डा रुद्र मरासिनीलाई नियुक्त गर्ने निर्णय गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *