आज ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं, १५ मंसिर । कोभिडविरुद्धको खोप अभियान तिब्रता पारेको सरकारले आज थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप प्राप्त गर्दैछ । कोभ्याक्स सुविधा अन्तरगर्त सेरम इस्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आज काठमाडौँ आउन लागेको हो ।

कोभ्याक्स सुविधा अन्तरगर्त नै पहिलो खेप खोप गत १३ मंसिरमा ७ लाख २५ हजार डोज आइसकेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आज दिउसो खोप आउने बताए । शाखाका खोप अधिकृत बढेबाबु थापाले दिउसो २ ३५ को कतार एयरको फ्लाइटबाट खोप आउन लागेको बताए ।

उनले आगामी २२ मंसिरमा कोभ्याक्स सुविधा अन्तरगर्त नै थप ६ लाख डोज कोभिसिल्ड आउन लागेको समेत जानकारी दिए ।

पर्सी मोडर्ना खोप आउँदै

नेपालले पर्सी (शुक्रबार) कोभिडविरुद्धको खोप मोडर्ना प्राप्त गर्दैछ । कोभ्याक्स सुविधा अन्तरगर्त १ लाख ८८ हजार डोज खोप प्राप्त गर्न लागेको हो ।

अमेरिकी कम्पनीको यो खोप नेपालका लागि नयाँ हो । माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने यो खोप १८ बर्ष मुनिका बालबालिकालाई पनि दिन मिल्ने बताइएको छ । तर नेपालले सो खोप क कसलाई दिने भन्ने निर्णय भइसकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *