चौबिस घण्टामा थप २५५ जनामा कोरोना संक्रमण, २५६ जना संक्रमणमुक्त

काठमाडौँ, १४ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २५५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २५६ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ३२९ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४५ र २ हजार १४० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १० जनाको गरी कुल ६ हजार ४६९ परीक्षण गर्दा २५५ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६४, भक्तपुरमा ११ र ललितपुरमा २९ जना गरी उपत्यकामा ११४ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेका छन् । त्यसैगरी आइसीयूमा ११६र भेन्टीलेटरमा ३३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *