मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल विजयी, अरु को को ? (हेर्नुहोस सूची)

काठमाडौँ, १३ मंसिर । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल निर्वाचित भएका छन् । केही वेर अघि सकिएको मतगणनामा उनले उपाध्यक्षका प्रत्यासीद्धय डा प्रमोदकुमार यादव र डा रामपरीक्षण यादवलाई भारी मतान्तरले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

काउन्सिल निर्वाचन समितिका अनुसार उपाध्यक्षमा विजयी डा पौडेलले ५ हजार ७२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी डा प्रमोद र रामपरीक्षणले क्रमश २४३७ र ७६२ भोट प्राप्त गरेका छन् ।

यस्तै सदस्यहरुमा सबैभन्दा बढी अर्थात ४ हजार ४५९ मत ल्याएका डा हुलास अग्रवाल विजयी भएका छन् । यस्तै दोस्रो बढी अर्थात ३ हजार ९९९ मत ल्याएकी डा तोशीमा कार्की, तेस्रो बढी अर्थात ३ हजार ४९० मत ल्याएका डा कालुसिंह खत्री, ३ हजार ३५३ मत ल्याएर डा कुञ्जन शेर्पा र ३ हजार ३३१ मत ल्याएका डा गुरुशरण साह पनि बिजयी भएका छन् ।

यसैगरी २ हजार ७७६ मत ल्याएका डा रुपक विके घिमिरे, २ हजार ६७२ मत ल्याएका डा विश्वराज दवाडी र २ हजार ३८४ मत पाएका डा रोहितकुमार मिश्रा पनि विजयी भएका छन।

यसपटकको निर्वाचनमा एक उपाध्यक्ष पदका लागि ३ जना र ८ जना सदस्य पदका लागि ३२ जनाको उम्मेद्धारी परेको थियो ।
कसले कति मत प्राप्त गरे हेरौँ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *