चौबिस घण्टामा थप २५९ जनामा कोरोना संक्रमण, २६४ जना संक्रमणमुक्त

काठमाडौँ, १३ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २५९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६४ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार २३१ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४३ र २ हजार ६५७ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १६ जनाको गरी कुल ९ हजार ८८८ परीक्षण गर्दा २५९ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७८, भक्तपुरमा ७ र ललितपुरमा ३० जना गरी उपत्यकामा ११५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेका छन् । त्यसैगरी आइसीयूमा १५९ र भेन्टीलेटरमा ३५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *