मेडिकल काउन्सिल निर्वाचन : ७००३ भोट गणना गर्दा कसको भोट कति ?

काठमाडौँ, १३ मंसिर । एक उपाध्यक्ष र आठ जना सदस्य पदका लागि नेपाल मेडिकल काउन्सिलको शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ । अहिलेसम्म ७ हजार ३ भोट गणना भएको छ ।

पछिल्लो परिणाम अनुसार उपाध्यक्ष पदमा डा शिवजी पौडेलले आफ्नो मतान्तर निकटतम प्रतिस्पर्धी देखिएका डा प्रमोदकुमार यादवसंग फराकिलो बनाउँदै गएका छन् । डा पौडेलले ३८९४ भोट ल्याउँदा डा यादवको १८२० भोट आएको छ । उपाध्यक्षका अर्का डाक्टर डा रामपरीक्षण यादवको ५९२ भोट आएको छ ।

यस्तै सदस्य पदमा अहिलेसम्म सबैभन्दा बढी भोट डा हुलास अग्रवालको आएको छ । उनको भोट ३५२० आएको छ ।

दोस्रोमा बढी भोट ल्याउने डा तोशिमा कार्की बनेकी छन् । उनको भोट २९५५ आएको छ ।

तेस्रो बढी भोट डा कालुसिंह खत्रीले ल्याएका छन् । उनको भोट २६८६ आएको छ ।

चौथो नंम्बरमा डा गुरुशरण साह परेका छन् । उनको भोट २६८१ आएको छ ।

यस्तै पाँचौँमा रहेका डा कुञ्जंग शेर्पाको २४१९ भोट, छैटौंमा डा विश्वराज दवाडी उक्लिएका छन् । उनको २०३५ भोट आएको छ । सातौँमा डा रुपक विके घिमिरे उक्लिएका छन् । उनको भोट २००१ आएको छ । आठौं नम्बरमा डा रोहितकुमार मिश्राको १९३४ भोट आएको छ ।

अब करीव २ हजार भोट गणना हुन बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *