चौबिस घण्टामा थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना संक्रमणमुक्त

काठमाडौँ, १२ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर १५८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३४२ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ६ हजार ६०४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १५४ र २ हजार ३१४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ४ जनाको गरी कुल ८ हजार ९१८ परीक्षण गर्दा १५८ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४२, भक्तपुरमा ६ र ललितपुरमा १३ जना गरी उपत्यकामा ६१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेका छन् । त्यसैगरी आइसीयूमा १७१ र भेन्टीलेटरमा ३३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *