शुक्रबार थप २७० जनामा कोरोना संक्रमण, ३०२ जना संक्रमणमुक्त

काठमाडौँ, १० मंसिर । शुक्रबार देशभर २७० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३०२ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ८२९ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४२ र २ हजार ६१७ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २८ जनाको गरी कुल १० हजार ४४६ परीक्षण गर्दा २७० जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९२ , भक्तपुरमा १२ र ललितपुरमा ३० जना गरी उपत्यकामा १३४ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेका छन् । त्यसैगरी आइसीयूमा १७५र भेन्टीलेटरमा ३३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *