चौबिस घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

76
Shares

काठमाडौँ, ९ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ३०८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २९८ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार १०४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २८१ र १ हजार ८०५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २७ जनाको गरी कुल ८ हजार ९०९ परीक्षण गर्दा ३०८ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७८ , भक्तपुरमा १६ र ललितपुरमा ३६ जना गरी उपत्यकामा १३० जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेका छन् । त्यसैगरी आइसीयूमा १९७ र भेन्टीलेटरमा ४१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *