पुसमा हुने चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन फारम खुल्यो

काठमाडौँ, ८ मंसिर । नेपाल मेडिकल काउन्सिलको ६१ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २२, २३ र २४ पुसमा हुने भएको छ । सो परीक्षामा सहभागी हुनका लागि काउन्सिलले आजैबाट चौविसै घण्टा अनलाइन फारम खुल्ला गरिएको जनाएको छ ।

काउन्सिल बुधबार सार्वजनिक गरेको सूचना अनुसार आज देखि ७ पुससम्म नियमित रुपमा र ८ र ९ पुसमा विलम्ब शुल्क तिरेर फारम भर्न सकिनेछ ।

परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा हुने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *