चौबिस घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौँ,  ७ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ३५१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २७३ जना संक्रमणमुक्त भएका छन् । आज थप ९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार ७२९ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ३१३ र १ हजार ४४५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ५१ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३० जना गरी उपत्यकामा १४४ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेका छन् । त्यसैगरी आइसीयूमा २२३ र भेन्टीलेटरमा ५१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *