चौबिस घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

  • उपत्यकामा १७० जना थपिए
  • - नेपाली हेल्थ

    काठमाडौँ, ६ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ३८५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २५८ जना संक्रमणमुक्त भएका छन् । आज थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ९ हजार ९२१ जनाको पीसीआर बिधीबाट र २ हजार ७७६ जनाको एन्टीजेन बिधिबाटगरी कुल १२ हजार ६९७ जनाको नमुना परीक्षण भएको छ ।

    जसमा पीसीआर बाट ३६७ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १८ जना गरी आज कुल ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६ जना गरी उपत्यकामा १७० जना थपिएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेका छन् । त्यसैगरी आइसीयूमा २३० र भेन्टीलेटरमा ५५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


    Facebook Comment


    थप समाचार