दाङ : बाह्र वर्षमाथिका सबैलाई फाइजर खोप लगाइँदै

देउखुरी, ६ मंसिर । कोभिड-१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका बालबालिकालाई यो खोप लगाइएको थियो। शनिबारदेखि सबै बालबालिकालाई फाइजर खोप लगाउन थालिएको बताइएको छ।
खोप लगाउन आउने बालबालिकाले जन्म दर्ताको प्रमाणपत्र लिएर आउन भनिएको छ। विद्यालयले पालैपालो विद्यार्थीलाई खोप केन्द्रमा पठाउने गरेका छन्। यही मङ्सिर ७ गतेसम्म खोप लागाइने स्वास्थ्य कार्यालयका स्थानीय स्रोत व्यक्ति कमल चन्दले जानकारी दिए।
रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



