दश महिनामा एक करोड ७० लाख बढीले लगाए कोरोना खोप

काठमाडौँ, ६  मंसिर । नेपालमा हालसम्म कोरोना विरुद्धको एक करोड ७० लाख भन्दा बढीले खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप अभियान शुरु भएदखि अहिलेसम्म अर्थात १० महिनाको अवधिमा एक करोड ७० लाख २६ हजार ३८३ मात्रा खोप लगाएको हो ।

नेपाल सरकारले गत वर्ष माघ १४ गतेबाट खोप अभियान कार्यक्रम सुरु गरेको थियो ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन, जापानी कोभिड–१९ एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप लगाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३० दशमलव ० प्रतिशत अर्थात् ९१ लाख २० हजार १४ जनाले एक मात्रा र २६ दशमलभ १ प्रतिशत अर्थात् ७९ लाख ६ हजार ७ सय ३७९ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *