प्रमुख विशेषज्ञ पदमा बढुवा भएका तीन जना डाक्टरले नियुक्ति पत्र बुझे

काठमाडौँ, ५ मंसिर । स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ पद (१२ औँ तह) विशिष्ठ श्रेणी मा बढुवा भएका तीन जना चिकित्सकले नियुक्ति पत्र बुझेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर १२ औँ तहमा बढुवा भएका डा श्यामसुन्दर यादव, डा गुणराज लोहनीले आफै उपस्थित भएर पत्र बुझेका छन् ।

बढुवा भएका अर्का डाक्टर भीमसिंह तिंकरीको पत्र भने स्वास्थ्य मन्त्रालयका सहसचिव शैलजा रेग्मीले बुझेकी छन् । डा तिंकरी अस्वस्थताका कारण आइतबार उपस्थित हुन नसकेका हुन् ।

गत २ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले डा यादव, डा तिंकरी र डा लोहनीलाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
नियुक्ति पत्र बुझेका डा यादव र डा लोहनी आजै स्वास्थ्य मन्त्रालय पुगेर हाजिर भएका छन् । अर्का डाक्टर तिंकरी भने सोमबार मन्त्रालय पुगेर हाजिर हुने कार्यक्रम छ ।

मन्त्रालयले केही दिनमै उनीहरुको पदस्थापन गर्ने समेत उल्लेख गरेको छ ।

स्वास्थ्य सेवा अन्तरगत चार वटा पद १२ औँ तह (प्रमुख विशेषज्ञ) रहेको छ । दुईवटा स्वास्थ्य मन्त्रालय र एक एक वटा क्रमश स्वास्थ्य सेवा विभाग र वीर अस्पतालमा रहेको छ ।

अहिले स्वास्थ्य सेवा विभागमा १२ औँ तहका डा दिपेन्द्ररमण सिंह महानिर्देशकका रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *