प्रजापतिको अध्यक्षतामा ब्लोदानमा नयाँ कार्यसमिति

काठमाडौँ, ५ मंसिर । इन्जिनियर सानुवाबु प्रजापतिको अध्यक्षतामा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

ढल्कोस्थित नेपा बैंकटमा शनिवार सम्पन्न व्लोदानको २४ औँ साधारण सभा तथा १० औँ अधिवेशनले उपाध्यक्षमा राजेश श्रेष्ठ र उज्वल केसी, महासचिवमा केशव महर्जन, कोषध्यक्षमा मचाकाजी महर्जन, सचिवमा विष्णुराज श्रेष्ठ र पुरुषोत्तम खत्री निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा विनोद तुलाधर, किशोरराज वन्त, शंकर महर्जन, नारायणबहादुर बासुकला, बालकृष्ण श्रेष्ठ, भोलानाथ पाठक, हसिना शाक्य, ठाकुरदास श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र रवि रिमाल निर्वाचित भएका छन् । यसैगरी राधिका श्रेष्ठ, राधाकुमारी श्रेष्ठ, रोशना राजवंशी, कविन्द्र रिमाल पनि नयाँ कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रममा मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णीकार, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष सर्मिला कार्की, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकका निर्देशक दिव्यराज पौडेल, बचत तथा ऋणसहकारी संघका अध्यक्ष दीपक पनेरु लगायतको उपस्थिति रहेको थियो । उनीहरुले रक्तदानको क्षेत्रमा व्लोदानले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

करीव ३०० सदस्य रहेको व्लोदानको कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *