चौबिस घण्टामा थप २४२ जनामा कोरोना संक्रमण, ४४४ जना संक्रमणमुक्त

काठमाडौँ, ४ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २४२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४४४ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ४ हजार १४५ जनाको पीसीआर बिधीबाट र २ हजार ९९१ जनाको एन्टीजेन बिधिबाटगरी कुल ७ हजार १३६ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट २०९ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३३ जना गरी आज कुल २४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९१, भक्तपुरमा १० र ललितपुरमा १९ जना गरी उपत्यकामा १२० जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०३ रहेका छन् । त्यसैगरी आइसीयूमा २३४ र भेन्टीलेटरमा ५५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *