शुक्रबार थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु


काठमाडौँ, ३ मंसिर । शुक्रबार देशभर २९९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३६९ जना संक्रमणमुक्त भएका छन् । आज थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ७७७ जनाको पीसीआर बिधीबाट र १ हजार १९५ जनाको एन्टीजेन बिधिबाटगरी कुल ८ हजार ९७२ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट २७१ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २५ जना गरी आज कुल २९६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९१, भक्तपुरमा १० र ललितपुरमा १९ जना गरी उपत्यकामा १२० जना थपिएका छन् ।

यो संगै नेपालमा हालसम्म ४५ लाख ४६ हजार ३२६ जनाको पीसीआर बिधिबाट र ७ लाख ८ हजार ७३६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ । जसमा पीसीआर बिधिबाट ८ लाख १८ हजार ५७८ जनामा र एन्टीजेन बिधिबाट ९५ हजार २७५ जना संक्रमण भएकोमा ७ लाख ९९ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी हालसम्म ११ हजार ४९४ जनाको निधन भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेका छन् । त्यसैगरी आइसीयूमा २३१ र भेन्टीलेटरमा ५६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *