चौबिस घण्टामा थप २९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ, २ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २९९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६० जना संक्रमणमुक्त भएका छन् । आज थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ७ हजार ८६३ जनाको पीसीआर बिधीबाट र ३ हजार २८८ जनाको एन्टीजेन बिधिबाटगरी कुल ११ हजार १५१ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट २७२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २७ जना गरी आज कुल २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९०, भक्तपुरमा ५ र ललितपुरमा २५ जना गरी उपत्यकामा १२० जना थपिएका छन् ।

यो संगै नेपालमा हालसम्म ४५ लाख ३८ हजार ५४९ जनाको पीसीआर बिधिबाट र ७ लाख ५ हजार ४१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ । जसमा पीसीआर बिधिबाट ८ लाख १८ हजार ३०७ जनामा र एन्टीजेन बिधिबाट ९५ हजार २५० जना संक्रमण भएकोमा ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी हालसम्म ११ हजार ४८९ जनाको निधन भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेका छन् । त्यसैगरी आइसीयूमा २२४ र भेन्टीलेटरमा ६० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *