चौबिस घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, १ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ४१२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २०२ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १० हजार १०६ जनाको पीसीआर बिधीबाट र १ हजार ८८७ जनाको एन्टीजेन बिधिबाटगरी कुल ११ हजार ९९३ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३६३ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४९ जना गरी आज कुल ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १०२, भक्तपुरमा १५ र ललितपुरमा ३२ जना गरी उपत्यकामा १४९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेका छन् । त्यसैगरी आइसीयूमा २२४ र भेन्टीलेटरमा ६० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *