ललितपुर महानगर भित्र २ र ३ मंसिरमा भेरोसेलको दोस्रो मात्रा दिईदै
काठमाडौँ, १ मंसिर । ललितपुर महानगरपालिकाले २ र ३ मंसिर (बिहीबार र शुक्रबार) मा भेरोसेलो दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
महानगरले मंगलबार सूचना जारी गर्दै यसअघि विभिन्न मितिमा भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्राको पर्खाईमा रहेका व्यक्तिहरुका लागि खोप अभियान सञ्चालन गर्न लागेको बताएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ(आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।
दोस्रो मात्रा खोप लगाउनका लागि खोप कार्ड लिएर जान समेत भनिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



