चौबिस घण्टामा थप ३७७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, ३० कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १७० जना संक्रमणमुक्त भएका छन् । आज थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार ५०५ जनाको पीसीआर बिधीबाट र २ हजार ६४४ जनाको एन्टीजेन बिधिबाटगरी कुल ९ हजार १४९ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३३९ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३८ जना गरी आज कुल ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ जना गरी उपत्यकामा १४५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेका छन् । त्यसैगरी आइसीयूमा २१९ र भेन्टीलेटरमा ५९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *