चौबिस घण्टामा थप ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, २९ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ४१६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २७० जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ५५४ जनाको पीसीआर बिधीबाट र ४ हजार ८४८ जनाको एन्टीजेन बिधिबाटगरी कुल १२ हजार ४०२ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३६७ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४९ जना गरी आज कुल ४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १२६, भक्तपुरमा १८ र ललितपुरमा ४३ जना गरी उपत्यकामा १८७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेका छन् । त्यसैगरी आइसीयूमा २२५ र भेन्टीलेटरमा ६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *