उपकुलपतिलाई काम काजमा रोक लगाउने निर्णयविरुद्ध उच्च अदालतले दियो अन्तरिम आदेश

580
Shares
– डा. मंगल रावल

काठमाडौँ, २९ कात्तिक ।  कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई कामकाज गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

यही साता स्वास्थ्य मन्त्री बिरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै उपकुलपति डा रावल, रजिस्टार नृपेन्द्र महतलाई कामकाजमा रोक लगाउने निर्णय गरेका थिए ।

सो निर्णयविरुद्ध डा रावल पाटन उच्च अदालत गएका थिए ।

सोमबार उच्च अदालतका न्यायधीश भोजराज अधिकारीको एकल इजलासले डा रावलको पक्षमा आदेश दिदै काम काज रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *