प्रहरीको स्मार्ट सुरक्षा रणनीतिमा स्टार अस्पतालको साथ

1.3k
Shares

काठमाडौँ, २९ कात्तिक । प्रहरी परिसर ललितपुरको स्मार्ट कन्ट्रोल रुम निर्माणमा स्टार हस्पिटलले सघाएको छ । प्रहरी परिसर जाउलाखेलले स्मार्ट सुरक्षा रणनीतिलाई अघि बढाउने योजनाका साथ सुरु गरेको स्मार्ट कन्ट्रोल रुम निर्माणमा स्टार हस्पिटलले सघाएको हो ।

प्रहरी परिसर जाउलाखेलका अनुसार स्टार हस्पिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी परिसरमा निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमको लागि आवश्यक पर्ने डिजिटल उपकरण तथा सामाग्री उपलब्ध गराएको हो ।

आइतबार प्रहरी परिसरमा आयोजित कार्यक्रममा ललितपुर प्रमुख एसएसपी किरण बज्राचार्यलाई हस्पिटलका अध्यक्ष किशोर महर्जनले स्मार्ट कन्ट्रोल रुमको लागि युपीएस, व्याट्री, सीसीटिभी हस्तान्तरण गरेका छन् ।

सो कार्यक्रममा बोल्दै स्टार हस्पिटलका मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले प्रहरी परिसरको सुरक्षा रणनीतिमा सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले परिसरसंग थप सहकार्य गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

सामाग्री हस्तान्तरण कार्यक्रममा हस्पिटलका चिफ अपरेटि ङ आफिसर डा सन्देश जिसी, हस्पिटल म्यानेजर हरि ढकाल लगायतको समेत उपस्थिती थियो ।

सो अवसरमा हस्पिटलको टोलीले निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमको अवलोकन एवं कार्य प्रणालीका बारेमा जानकारी लिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *