चौबिस घण्टामा थप २९५ जनामा कोरोना संक्रमण, ४७८ जना संक्रमणमुक्त

काठमाडौँ, २७ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर २९५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४७८ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ५ हजार २२५ जनाको पीसीआर बिधीबाट र ३ हजार १८ जनाको एन्टीजेन बिधिबाटगरी कुल ८ हजार २४३ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट २६० र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३५ जना गरी आज कुल २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७९, भक्तपुरमा ६ र ललितपुरमा ३३ जना गरी उपत्यकामा ११७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेका छन् । त्यसैगरी आइसीयूमा १९३ र भेन्टीलेटरमा ५७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला ललितपुर, २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली गरी १० वटा छन् । भने हुम्ला र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *